बिनोद बिष्ट/संगालोखबर

धनकुटा, २५ असार । रातको समयमा हुने आपराधिक घटना न्यूनिकरण र आवत जावतमा सहजताका लागि जिल्लाको सहिदभूमि गाउँपालिकाको बजार क्षेत्रमा सडक बत्ति राखिएको छ । स्थानीय सुकेआहाल, थलथले, पिप्ले, पञ्चकन्या, छिन्ताङ देबीथान र साम्मुगाउँमा सडक बत्ति राखिएको हो ।

Advertisement

२२ लाखको लगानीमा अध्यारोमा बल्ने र उज्यालोमा आफै निभ्ने २० वटा स्वचालित सोलार सडक बत्ति राखिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । ‘स्थानीयबासीलाई सहजताका लागि सडक बत्ति राखेका हौ ।’ अध्यक्ष राईले भने ‘राति हुँने आपराधिक घटना न्यूनिकरणमा पनि सडक बत्ति उपयोगी हुँने विश्वास लिएका छौ ।’

सडक बत्ति राखेपछि सहज भएको स्थानीयबासीको प्रतिक्रिया छ । रातको समयमा आवतजावतका लागि सडक बत्तिका कारण धेरै सहज भएको पञ्चकन्यामा पसल गर्दै आएकी ब्यापारी छितिज राईले बताईन् ।

सडक बत्ति राखेपछि रातको समयमा पनि बजार क्षेत्र उज्यालै हुने भएकाले आपराधिक घटना न्यूनिकरण हुने स्थानीयको अपेक्षा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!