भोजपुर, २५ असार । फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ ।

Advertisement

गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो ।

‘ग’ र ‘घ’ वर्गका ७५/७५ जना गरी जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति वार्षिक रु छ हजारका दरले भत्ता प्रदान गरिएको स्थानीय सरकारका प्रमुख एवं गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राज्यले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित रहेका यस्ता फरक क्षमताका सर्वसाधारणले पहिलोपटक गाउँपालिकाबाट भत्ता तथा सम्मान पाएपछि हर्षित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!