अर्जुनधारा, झापा, २४ असार । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।

Advertisement

समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आज आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।

ससुराको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घरमा पुग्नुभएकी अमितालाई श्रीमान् तिलकसहित परिवारका सदस्यले गालीगलौज र दबाबसँगै हातपात गरी घरमा काजकिरिया गर्न वञ्चित गरेपछि स्थानीयवासी गौतम परिवारप्रति आक्रोशित भएका हुन् ।

हाल अमिता मेचीनगर–१० स्थित डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा कोराभित्र बसेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!