मोरङ, २१ असार । बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

Advertisement

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ६४३५ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको को२७प ४१६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी–१ बस्ने ३८ वर्षीय खगेन्द्र तामाङ र पछाडि सवार भोजपुर, पौवादुम्मा–५ घर भई हाल मोरङ, उर्लाबारी–३ मा बसोबास गर्दै आएका ३३ वर्षीय जयनारायण तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जयनारायणको घटनास्थलमै र चालक खगेन्द्रको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउने बित्तिकै मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!