विराटनगर, १७ असार । एउटा सटरमा दुई वटा नाम राखी व्यापार सञ्चालन गरेको भन्दै औषधि व्यवस्था विभागले विराटनगर ७ को आयुर्वेद फार्मेसीमा शिलबन्दी गरेको छ ।

Advertisement

सुरुमा विराट आयुर्वेद फार्मेसी रहेको पतञ्जली सेवा केन्द्रमा सोही बोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेपछि विभागले अवैध कारोबार गरेको हुनसक्ने भन्दै सिलबन्दी गरेकाे हो ।

विराटनगर ३ का गोविन्द बहादुर खड्का, अर्चना सोनी र मोरङ बवियाविर्ताकी रमा दाहालले संयुक्त रूपमा विराट आयुर्वेद फार्मेसी सञ्चालन गरेका थिए । उक्त फर्म खड्का र सोनीको ४५– ४५ प्रतिशत र दाहालको १० प्रतिशत साझेदारी रहेको उनीहरूको दाबी छ ।

अर्चना सोनी हाल विवाह गरेर गईसकेका कारण हाल उनका बुबा प्रेम सोनी, भाइ आदित्य सोनी र गोविन्द बहादुर खड्काले मिलेर सञ्चालन गरेका थिए । केही समय खड्का आमाको उपचार गर्न काठमाडौँ गएर आउँदा आफ्नो पसलमा अर्कै नाम देख्दा छक्क परेको उनले बताए ।

१० वर्ष अगाडीदेखि सञ्चालन गर्दै आएको आफ्नै पसलमा अर्चनाका बुबा र भाइले बदनियत तरिकाले साझेदारीको फर्मको नियम उल्लङ्घन गर्न खोजेको खड्काको भनाई छ ।

तीन जनाको नाममा सञ्चालन रहेको विराट आयुर्वेद फार्मेसीको नामबाट सञ्चालित फार्मेसीको बोर्ड माथि अर्को नामको बोर्ड टासेर सोनीले व्यापार सञ्चालन गरेका छन् ।

विराट आयुर्वेद फार्मेसी रहेको स्थानमा एक लाटी रूपमा विराट आयुर्वेद एण्ड हर्वल सञ्चालन गरेपछि खड्काले यस अघि पत्रकार सम्मेलनको आयोजना गरी हारगुहार गरिसकेका छन् ।

खड्काले १० वर्ष अघि घर मालिकसँग सझौता गरी सञ्चालन गर्दै आएको फर्मको बारेमा केही थाहा नभएको र पार्टरसिप खड्कालाई समेत नचिन्ने बताउँछन् अर्चनाका भाइ आदित्य सोनी ।

बरु उल्टै मैले घरबेटीसँग असार १ गते देखि व्यापार गर्नको लागी अनुमति लिएर व्यापार गरेको सोनीले बताए । यो भनाईबाट प्रस्ट हुन्छ की आदित्य सोनीले जानाजान झुटो बोलिरहेका छन् ।

सिलबन्दीमा परेको फार्मेसीको बारेमा छिमेकी व्यापारी हरि भट्टराई, निता कोइरालाले पनि पहिले विराट आयुर्वेद फार्मेसी रहेको पछि सोही बोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन आएको बताए ।

एक साता लामो समय भन्दा बढी विवादको चरम उत्कर्षमा पुगेको विवाद तत्काल सम्बन्धित निकायले दोषी उपर कडा भन्दा कडा कारबाही र पीडितलाई न्याय दिनु पर्ने यस विषयसँग जोडिएकाहरु बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!