
धनकुटा, १७ असार । धनकुटामा बजार अनुगमन गरी म्याद गुज्रेका खाद्यबस्तु नष्ट गरिएको छ ।
धनकुटा बजार, हिले र जोरपाटीमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको जनगुनासो आएपछि बजार अनुगमन गरी म्याद गुज्रेका खाद्यबस्तु नष्ट गरिएको हो ।
अनुगमन टोलीले बजारका होटल, औषधि पसल, किराना पसल लगायतमा अनुगमन गरेको थियो । औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, बिस्कुट लगायत खाद्यवस्तु म्याद नाघेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले म्याद नागेका पेयपदार्थ कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी अनुगमनकै क्रममा नष्ट गरेको छ । भुजा, मसला जस्ता म्याद गुज्रेका खाद्यवस्तु जफत गरिएको छ ।
त्यस्तै इजाजत पत्र बिना बिक्री भइरहेको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए ।
उनका अनुसार जफत गरिएका वस्तु विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायतको रोहबरमा नष्ट गरिनेछ ।















