ओखलढुंगा, १६ असार  । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् ।

Advertisement

बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पिडित बालिकाको परिवारले जनाएको छ ।

घरमा कोहि नभएको समयमा अभियुक्त श्रेष्ठले बालिकालाई जबरजस्ती गर्दै गरेको आफूले भेटेपछि तुरुन्त प्रहरीलाई खबर गरेको परिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।

बालिकालाई भने स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!