नबिन कट्टेल/संगालोखबर

धनकुटा, ८ असार । धनकुटाको भावना होमियो अस्पतालका सञ्चालक डा.खगेन्द्र कटुवालले स्थानीय सरकारलाई मार्गनिर्देशका लागि भन्दै १६ वुँदे सुझाव दिएका छन् ।

Advertisement

धनकुटा सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रम गरी डा.कटुवालले अल्पकालिन रुपमा गर्न सकिने नौ र दीर्घकालिन रुपमा गर्न उपयुक्त हुने सात सुझाव दिएका हुन् ।

जनताको रगत र पसिनाबाट प्राप्त भएको उपलब्धिलाई सस्थागत गराउँन नागरिक स्तरबाट स्थानीय सरकारलाई सल्लाह, सझाव दिदै सहयोग गर्नुपर्ने भन्दै उनले सोहि बिषयमा प्रेस बक्तब्यसमेत जारी गरेका छन् ।

स्थानीय सरकारले गर्नुपर्ने अल्पकालिन काममा कोशी राजमार्ग लगायत सडकलाई सुरक्षित बनाउँन पहल गर्न, धनकुटाको खानेपानी समस्या समाधान गर्न, पोष्टमार्टम हलको उचित ब्यवस्थापन गर्न, बिद्यालयलाई बालमैत्री बनाउँन, प्रहरी प्रशासन र अड्डा अदालत पीडितमैत्री बनाउँन, सुकुम्वासी समस्या समाधान गर्न, ढल ब्यस्थापन गर्न र निःशुल्क एकीकृत स्वास्थ्य सेवा कार्यक्रमलाई प्रोत्साहन गर्न सुझाव दिईएको छ ।

त्यस्तै दीर्घकालिन काममा युवा स्वरोजगार कार्यक्रम, महिला सशक्तिकरण, बालमैत्री बिद्यालय, जनमुखि प्रशासन, अपांगमैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गर्न आवश्यक रहेको डा.कटुवालले सुझाव दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!