विराटनगर, ६ असार । विराटनगर महानगरपालिकालाई ग्रीन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्बेज इलोक्ट्रोनिक टिपर हस्तान्तरण गरेको छ ।

Advertisement

महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई संयुक्त रुपमा ग्रीन मोटरका सञ्चालक आशिस जाजुले आज साँचो तथा टिपर हस्तान्तरण गरे ।

नगरका साना गल्लीमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरलाई टिपर हस्तान्तरण गरिएको सञ्चालक जाजुले बताए । चार सय किलो फोहर उठाउन सक्ने उक्त टिपरको मूल्य रु पाँच लाख २५ हजार रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!