विराटनगर, ३१ जेठ । मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको भिषण आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।

Advertisement

उक्त आगलागीलाई नियन्त्रण गर्न मोरङलगायत विभिन्न ठाउँका एक दर्जन दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रियरुपमा खटिरहेका छन् ।

आगलागी नियन्त्रणमा आउन अझै केही समय लाग्ने जानकारी गराउँदै प्रहरी उपरीक्षक मनोजकुमार केसीले कुनै मानवीय क्षति नभएको र आगलागीको कारण खुल्न नसकेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!