विराटनगर, ३१ जेठ । विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ ।

Advertisement

मोरङको ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।

को१ ख २१०३ नंको बसको छतमा बुधबार राति सुतेका उनी अचानक छतबाट लडेर गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!