संखुवासभा,२७ जेठ । जिल्लाको विकास निमार्णको जिम्मा लिएर निर्धारित समयमा काम नगर्ने संखुवासभाका ३१ ठेकेदार कम्पनीको नाम मन्त्रालय पठाएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय संखुवासभाले बिचैमा काम छोड्ने ठेकेदार कम्पनीको नाम गृह मन्त्रालय पठाएको हो। गत जेठ १९ गत किमाथांका नाका भ्रमणमा संखुवासभा पुगेका गृहमन्त्री रामबहादुर थापाले जिल्ला भित्र कामको जिम्मा लिने तर नगर्ने कम्पनीहरुको नामावाली पठाउन निर्देशन दिएका थिए।

मन्त्रालय पठाईएको लिष्ट मध्ये केही काम सम्पन्न गर्नेहरुको पनि सुचि पर्न आएकोले अझै एक पटक ‘रिचेक’ गरेर पुनः मन्त्रालय पठाईने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए।

पेश भएका सूचीमा पुरानादेखि नयाँ कम्पनीहरुको नाम समावेश भएको प्रजिअ अधिकारीले बताए। संखुवासभामा लापरबाही गर्ने ठेकेदारहरु संग सडक विभागको मिलेमतो हुने गरेको पाइएको प्रजिअ अधिकारीको भनाइ थियो। जिल्लामा आध दर्जन पुलहरु अलपत्र रुपमा वषौँ देखि छाडिएका छन्। विकास निमार्ण अलपत्र हुदाँ समेत जिल्लाका राजनैतिक दल कानमा तेल हालेर बस्ने गरेको स्थानियको भनाइ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!