विराटनगर, २१ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका विज्ञापन र सूचना स्थानीय सञ्चारमाध्यमलाई प्रदान गरिने नीति बनाइने बताउनुभएको छ ।

Advertisement

नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सुझाव ग्रहण गर्दै उहाँले स्थानीय सञ्चारमाध्यमको विकास, प्रवद्र्धन र श्रमजीवी पत्रकारको हितका विषय प्रदेश सरकारको नीति कार्यक्रममा समेटिने जानकारी दिनुभयो ।

सुझावपत्रमा प्रदेशबाटै प्रेसपास, पत्रपत्रिका, रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यमको दर्ता र नवीकरण गर्ने व्यवस्था हुनुपर्ने, प्रदेशभरीका सबै सरकारी विज्ञापनमा समानुपातिक विज्ञापन नीति लागू हुनुपर्ने, प्रदेशमा कार्यरत सञ्चारकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराइनुपर्ने र न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने सञ्चारमाध्यमको सेवासुविधा रोक्नुपर्नेे लगायत बूँदा समेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!