दमक, २१ जेठ । झापाको दमक नगरपालिका–२ को वडा कार्यालयलाई रु दुई करोड मूल्य बराबरको १० कट्ठा जग्गा प्राप्त भएको छ ।

Advertisement

वडा कार्यालयको भवन निर्माणका लागि दमक–२ का दाता नेत्रप्रसाद दाहाल, उद्धवप्रसाद दाहाल, भवानीशंकर खनाल, प्रथम धिमाल, कमल धिमाल, रत्न धिमाल र दमक–५ का योगन्द्रप्रसाद दुलाल र हेमनाथ पौडे्लले संयुक्तरुपमा रु दुई करोड मूल्य पर्ने १० कट्ठा जमिन दिनुभएको हो । दाताले कम्तीमा आठ धुरदेखि दुई कट्ठासम्म जग्गा वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको हो ।

वडा कार्यालय निर्माणका लागि दमक–२ स्थित शिवाश्रम मन्दिरको २०० मिटर दक्षिणमा सो जग्गा प्राप्त भएको जग्गा व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका दाता नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

सो जग्गा दमकस्थित मालमोत कार्यालयबाट वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरी लालपूर्जासमेत नगरपालिकाले प्राप्त गरिसकेको वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!