ब्लाष्टखबर

धनकुटा, १७ जेठ । घरमुनीको तमोर नदिमा निरन्तर पानी बगिरहेको छ, नदि माथीका डाडाँकाडा उजाड लग्दा देखिन्छन । प्राकृतिक सम्पदाको प्रचुर सम्भावना हुदाहुँदै पनि ग्रामिण क्षेत्रमाहरुमा खानेपानीको हाहाकार बढ्दै गएको छ । त्यस्तै काकाकुल बनेको पाँचथरको कुम्मायक गाउँपालिका पनि एक हो ।

Advertisement

जताजतै खानेपानीको समस्या ब्याप्त छ । अधिकाम्स स्थानियहरुको तमोर नदिमा बगिरहेको पानी आसमा बसिरहेका छन । त्यसमा पनि बृद्धा बृद्धहरुलाई तमोर नदिनमा बगिरहेको पानीको आस धेरै लागेको छ । सरकारले सुख्खा क्षेत्र घोषण गरी बृहत तमोर लिफ्ट खानेपानी आयोजना काम अघि बढाईरहेका बेला कुम्मायक गाउँपालिका वडा न. पाँच निवासी ९९ बर्षीया ईश्वरादेवि थापालाई भने तमोर पानी नखाई मर्दिन भन्ने लागेको छ ।

बुढेसकाल लागेका आफ्ना छोरा बुहारीले दैनिक पानी बोकेको बिजोग देख्दा कहिले तमोर नदिको पानी आउला र सुःख पाईएला जस्तो लागेको छ । उनि भन्छिन् पहिला पहिला सबै तिर पानी नै पानी थियो । तर अहिले मरुभुमी जस्तै भएको छ । बुढेसकालमा यस्तो देख्दा साह्रै नै दुःख लाग्छ । सरिर बुढो भए पनि तमोरको पानी कुरेर बसेको छु, रोगले लगेन भने पानी खान पाईन्छ भन्ने लागेको छ । भाबुक हुदै उनले भनिन् ।

पाँचथरको कुम्मायक गाउँपालिकामा बृद्धा अबस्थाका जेष्ठ नागरिकहरुले तमोरको पानी पर्खेर बसिरहेको पाईन्छ । आयोजनाको सुरुवाती अबस्थामा उनिहरुलाई तमोरको पानी आउँछ भन्ने लागेको थिएन् । आफ्नो पालामा डाडाँ माथीको पानी मात्रै पाइपमा ल्याएर खानु पथ्र्थो । तर अहिले बस्ती देखी मूनी बगिरहेको पानी मार्थी कसरी आउला भन्ने लागिरहेको थियो तर अहिले धेरै नै आस लागिरहेको छ । भन्छिन गाउँपालिकाकै वडा न. पाँच स्याबरुम्बा निवासी ७१ बर्षिय दिबेश्वरा खतिवडा । घरछेउमै तमोर पानी जम्मा गर्ने ठुलो ट्रयाङकी बनाउँदा उनि पनि दंगछिन ।

छोरा बुहारीले तराई बोलाउँदा समेत जान नमानेको उनि बताउँछिन् । मलाई छोरा बुहारीले पानी नभएको ठाउँमा दुःख नगर्नु तराई तिर आउनु भन्छन् तर के गर्नु तमोरको पानी घरमा आएको हेर्ने ठुलो ईस्छा छ । तमोरको पानी आउँने आसमा बसेको छु । खतिवडा भनिन् । पछिल्लो समयमा कुम्मायक बासीको भरोसाको केन्द्र भनेकै तमोरको पानी बनेको छ ।

कुनै बिकल्प नभएपछि सरकारले अंततः २०७२ साल देखी तमोर लिफ्ट खानेपानी आयोजनालाई बिकल्प मानेर काम तिब्र गतिमा अघि बढाईरहेको छ । कुम्मायक बासीको आसाको केन्द्र बनेको तमोर लिफ्ट खानेपानी आयोजना समयमै खान पाईनेमा उनिहरु ढुक्क छन् । तमोर लिफ्ट खानेपानी आयोजनाले तिब्र गति लिदा निर्माण कम्पनी प्रति स्थानियको भरोसा अझ बढेको पाईएको छ । निर्माण कम्पनीले आयोजनाको ६५ प्रतिशत काम सम्पन्न गरेको छ । भने बाकी रहेको ३५ प्रतिशत काम मात्रै बाँकी रहेको बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!