काठमाडौँ, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता पुर्व मन्त्री तथा प्रदेश १ का प्रदेशसभा सदस्य भिम आचार्यले प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्न सकिने बताएका छन् ।
उनले किरात एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता र संस्कृति भएको प्रष्ट पारे । किरात राई विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको ‘किरात प्रदेशको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री आचार्यले भने, ‘किरात भनेको जातिगत हैन, इतिहासको कुरा हो, सभ्यताको कुरा हो, प्रदेश १ को नामाकरण किरात भन्न नसक्नु संकिर्णता हो ।’
उनले प्रदेश १ को नाम किरात राख्नका लागि आफूले अघिल्लो संविधानसभामै पहल गरेको स्मरणसमेत गरे ।
किरात प्रदेश निर्माणका लागि तत्कालिन एमाले सांसद राजकुमार राई (हाल ससफो नेता) लाई बोलाएर सोको तयारी गर्न आफूले निर्देशन दिएको र राईले किरात प्रदेशबारे पार्टीको बैठकमा विस्तृत रूपमा कुरा राखेको उनले बताए ।
सोकी कार्यक्रममा मदन पुरस्कार विजेता राजन मुकारूङ र किरात रार्इ यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस रार्इ, राष्ट« निर्माण अभियान्ता तथा अधिवक्ता किवाङ हाङ रार्इलेसमेत किरात प्रदेशबारे धारणा राखेका थिए ।