काठमाडौं, ११ जेठ । आज विश्व थाइराइड दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ । थाइराइड रोगी बढ्दै गएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिएको छ ।
दिवसको अवसर पारेर अल्का अस्पताल काठमाडौं, डाइबेटिज एण्ड थाइराइड सेन्टर प्रालि र लायन्स क्लव अफ अल्काले शुक्रबार बिहान र्याली निकालेका छन् ।
अल्का अस्पतालबाट शुरु र्याली जावलाखेल चोक, कुमारीपाटी, लगनखेल, कृष्णमन्दिर, गावाहल, पुल्चोक हुदैँ पुन अस्पतालमा आएर सकिएको थियो।
थाइराइड दिवसको अवसर पारेर अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
के हो थाइराइड ?
थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ। त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ।
त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भन्छौ । कसै–कसैको गन्थ्रीमा ट्युमर पलाएर पनि थाइराइड देखापर्छ।
थाइराइड रोग ३ किसिमका हुन्छन्।
थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर।
थाइराइडका लक्षण
-अस्वाभाविक रूपमा तौल बढ्नु
-गलगाँड आउनु ,तनाव, छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव,कपाल झर्नु,छाला फुस्रो हुनु,मुटुको गति सुस्त हुनु,
-चाँडो थकाई लाग्नु,मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता, चिसो लाग्नु,आवाजमा भारीपन बढ्नु
-युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ ।
-शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
-थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड कसरी लाग्छ ?
खानपीनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ। बन्दा काउली धेरै खाएर यो रोग लाग्दैन। यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थीको भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
कृत्रिम चीनीको प्रयोगबाट बच्ने
बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने ।
उपचार विधि
थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने अप्रेसन गर्नु पर्दैन । औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्छ ।
थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए कम्तीमा १२ देखि १८ महिनासम्म औषधि खानुपर्छ ।
थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्नुपर्छ । अप्रेसनपछि रेडियो एक्टिभ औषधी प्रयोग गरेमा यो निको हुन्छ ।