इनरुवा, ९ जेठ । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ ।

Advertisement

स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परी घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामान, जलेर नष्ट हुँदा रु चारलाख मूल्य बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।

आगलागीलाई स्थानीयवासी, इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्र र प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सुमन मेहताले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!