काठमाडौं, ८ जेठ । ३८ क्विन्टल सुन तस्करीकाण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई  जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ  ।

Advertisement

मंगलबार बिहान पक्राउ गरिएको बताएको गृह मन्त्रालयको छानबिन टोलीले गोरेलाई मोरङ अदालतमा केहीबेर अघि उपस्थित गराएको हो । टोलीको अभियोगपत्रका मुख्य दोषी गोरेसँग लिइएको बयानलाई छानबिन टोलीले अदालतमा पेस गर्नेछ ।

करिब ३८ क्वीन्टल सुन तस्करी, सनम शाक्य हत्याका विषयमा गोरेको बयान अदालतले लिने छ । उनलाई मोरङ प्रहरीको हिरासतमा राखिने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!