
काठमाडौं, ८ जेठ । करिब ३३ किलो सुन तस्करीको नाइके गोरेलाई आज नै विराटनगर पुर्याइएको छ । गोरेलाई आजै मोरङ अदालतमा पेश गरिनेछ ।
साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज नै सार्वजनिक गरिएको थियो । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताएका थिए।
उनले गोरेलाई मंगलबार विहान ५ः ३४ बजे काठमाडौको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएका थिए । गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो ।















