झापा, ६ जेठ । झापाको दमक नगरपालिका ७ का वडाध्यक्ष भीम पौड्यालको घर नजिक आज बम विस्फोट भएको छ।

Advertisement

विस्फोटमा परी बाटो हिँड्दै गरेका दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेमकुमारी राई रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। घाइते दुवै श्रीमान श्रीमती हुन्।

घाइते दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!