उर्लाबारी, मोरङ, ५ जेठ। उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको र घाइते मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीयबालजीत सुब्बालाई स्थानीय मंगलबारे अस्पतालमा उपचार गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!