धनकुटा, ४ जेठ । जिल्ला प्रहरी कार्यालय धनकुटामा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले फरार अभियुक्त पक्राउ गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख गुरुङले फरार अभियुक्तहरु पक्राउ गर्ने कामलाई आफुले पहिलो प्राथमिकता दिने बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार फरार अभियुक्तहरुको संख्या ५० भन्दा बढी छ ।
फरार अभियुक्तमा बलात्कार, कर्तव्य ज्यान, सार्वजनिक मुद्दा लगायतका छन् ।
जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न आफु प्रतिबद्ध रहने दावी गर्दै एसपी गुरुङले सम्पूर्ण सरोकारवासँग सहयोगको अपिल पनि गरेका छन् ।
धनकुटामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी नियन्त्रणमा पनि सक्रियता बढाउँने एसपी गुरुङले बताए ।
सो अवसरमा पत्रकारहरुले एसपी गुरुङलाई जिल्लाको सुरक्षा ब्यवस्था चुस्तदुरुस्त राख्न सक्रियताका साथ भूमिका निर्वाहका लागि आग्रह गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।