Rabin Katel

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् । स्कुल लाग्नु केही मिनेटअघि विद्यालयको  कम्पाउन्डबाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए ।

Advertisement

मुखमा माक्स र हातमा पन्जा लगाएर आएका तीन जना अपहरणकारीले उनीहरुलाई चौरबाट मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेको नेपाल समाचारपत्रमा खबर छ ।

तर, स्थानीयबासिन्दाले अपहरणमा परेका बालबालिकालाई मुक्त गराएका छन् । सामान्य परिवारका ती बालबालिका किन अपहरणमा परे भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement