Rabin Katel

काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय छ । आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारभित्रको असरल्ल र लथालिंगको अवस्थालाई तस्बिरमार्फत चित्रण गरेको छ ।

Advertisement

नयाँ पत्रिकाले लेखेको छ – भत्किएका भवन, भाँचिएका फर्निचर, बिग्रिएका गाडी, फालिएका फाइल र थुप्रिएको फोहोरले देशको सर्वोच्च निकाय सिंहदरबार पूरै दयनीय देखिन्छ ।

पहिले प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारको मुख्य भवन, पुरानो संसद् भवन, श्रम मन्त्रालय, महिला मन्त्रालय भूकम्पले क्षतिग्रस्त भएका छन् । तर, पुनर्निर्माणले गति लिन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement