गुल्मी । सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे ।

Advertisement

तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् । अरू जोखिमपूर्ण कामहरू पनि गर्छन् । कोही बिरामी परेमा महिला नै अघि सर्नुपर्छ । ‘यो संस्कार महिलाले रहरले अपनाएका भने होइनन्, बाध्यता पनि हो । गाउँका सबैजसो युवा विदेशिएका छन्, सजिलो अप्ठ्यारो सबै काम महिलाकै जिम्मा आएको छ’, सत्यवतीका कृषि राना भन्छन् ।

केही वर्ष अघिसम्म गाउँ टोल छर–छिमेकमा विवाह, व्रतबन्ध वा कुनै संस्कारमा युवाको उल्लेख्य सहभागिता हुन्थ्यो । नाचगानको बेग्लै रमाइलो पनि हुन्थ्यो । मालिका गाउँपालिका मोतीलाल घिमिरे भन्छन, ‘एक छोरा र एक बुहारी कामको सिलसिलामा बाहिर छन्, बिरामी पर्दा पानी तताएर दिने घरमा छैनन्, ठूलो समस्या परे सहयोग गर्ने गाउँमा छैनन् ।’

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै रोजगारी र अवसर खोज्दै सर्वसाधारण गाउँबाट सुगम, सुगमबाट सहर जाने क्रम बढेकाले गाउँ सुनसान हुन थालेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!