काठमाडौं, २७ माघ । एमाले र माओवादीले प्रदेश सरकार गठनका लागि तयारी सुरु गरेका छन् । सभामुखको निर्वाचन हुनुअघि नै २८ माघमा सरकार गठनका लागि प्रदेश प्रमुखलाई पत्र पठाउने उनीहरूको तयारी छ । ‘दुवै दलको संसदीय दलको नेता चयन भएपछि सरकार गठनका लागि प्रदेश प्रमुखलाई पत्र पठाउँछौँ,’ एमाले प्रदेश सभा सदस्य बैजनाथ चौधरीले नयाँ पत्रिकासँग भने ।

Advertisement

शुक्रबार एमाले र माओवादीबीच भएको छलफलमा २८ माघमा दुवै पार्टीको संसदीय दलका नेता शंकर पोखरेल र कुलप्रसाद केसी सोनामले सरकार गठनका लागि पत्र पठाउन सहमति भएको छ । २८ माघमा बस्ने माओवादी संसदीय दलको बैठकले सोनामलाई नेता चयन गर्दै छ ।

एमाले सांसद चौधरीले सभामुखको निर्वाचनअघि नै सरकार गठनको तयारी गरिने बताए । उनले भने, ‘२८ माघमा सरकार गठनका लागि बहुमत रहेको दाबी गरेर पोखरेल र सोनामजीले पत्र पठाउनुहुन्छ ।

त्यसपछि प्रदेश प्रमुखले २९ माघमा नै शपथको समय मिलाउन सक्नुहुन्छ ।’ मुख्यमन्त्रीसहित मन्त्रालयको तयारी गर्न समय लागे मात्रै २ फागुनसम्म पुग्ने सांसद चौधरीको भनाइ छ ।

माओवादीका सांसद सोनामले पनि सभामुखको निर्वाचनअघि नै सरकार गठनको तयारी गरिएको बताए । उनले भने, ‘एमालेसँग शुक्रबार भएको छलफलअनुसार सभामुखको निर्वाचनअगाडि नै सरकार गठन गरौँ भन्ने भएको छ ।’

तथापि सरकारमा जाने, पार्टीले पाउने मन्त्रालय टुंगिन बाँकी रहेकाले सभामुखको निर्वाचनपछि मात्रै सरकार गठन गर्नुपर्ने मत पनि छ । प्रदेश सभामा रहेका ८७ मध्ये सरकार गठनका लागि ४४ सांसद आवश्यक हुन्छ । एमालेका ४१ र माओवादीका २० गरी ६१ सांसद छन् ।

एमाले र माओवादीले २८ माघमै दाबी गरे पनि मुख्यमन्त्री र मन्त्रीका लागि कार्यालय व्यवस्थापन गर्न समय लाग्ने भएकाले प्रदेश प्रमुखले २ फागुनसम्म लम्ब्याउने सक्नेछन् । कानुनअनुसार ३ फागुनमा भने जसरी पनि सरकार गठन गरिसक्नुपर्नेछ ।आजको नयाँ पत्रिकामा यो खबर उल्लेख गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!