काठमाडौं । प्रतिपक्षीसहित प्रमुख दलहरू सीमांकनबाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्के लगत्तै सहमतिको सम्भावना देखिएको छ ।

Advertisement

प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा र राप्रपाका दीपक बोहोरासम्मिलित कार्यदललाई एमाले र मधेसी मोर्चासँग सहमति तयार गर्न निर्देशनसमेत दिएका छन् ।

महिनौंपछि प्रतिपक्षी एमाले र मोर्चाका शीर्ष नेता छलफलका लागि एउटै टेबुलमा बसेकाले बिहीबारको बैठक सौहार्दपूर्ण देखिएको थियो ।

प्रधानमन्त्री दाहालले आन्दोलनरत मधेसी मोर्चाले राख्दै आएको परिमार्जनसहतिको संविधान संशोधन प्रस्तावलाई निकास दिएर चीन जाँदा मुलुककै कद उच्च हुने बताएका थिए ।

तर सहमतिको डकुमेन्ट तयार नभएकाले कार्यदलले त्यो तयार गरेपछि सम्भवतः प्रधानमन्त्री चीनबाट फर्केलगत्तै संशोधनका लागि निर्णय हुने आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!