कान्तिपुर

विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि नगरका चार वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । ती विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट र प्राविधिक शिक्षाको पढाइ हुनेछ ।

पहिलो चरणमा आउँदो शैक्षिक सत्रदेखि एक संस्कृत, एक मदरसा र दुइटासामुदायिक विद्यालयलाई नमुनाका रूपमा सञ्चालन गरिनेछ । महानगरपालिकाप्रमुख भीम पराजुलीले भने अर्को वर्ष पुन: थप चारविद्यालयलाई नमुनाविद्यालय बनाइनेछ ।
उनका अनुसार ती विद्यालयको प्रत्यक्ष समन्वय महानगरपालिकासँग रहने र ती विद्यालयले प्राविधिक शिक्षा र अंग्रेजी माध्यमबाट पढाइ गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।
महानगरपालिकाले नमुना विद्यालयका लागि नगरीभित्रका सामुदायिक विद्यालय र मदरसाको छनोटको अन्तिम तयारी गरेको छ ।
छनोट भएका चारवटै विद्यालयले महानगरपालिकाबाट प्रारम्भिक अनुदानस्वरूप ५०–५० लाख रुपैयाँ पाउनेछन् । पराजुलीले भने भौतिक पूर्वाधारयुक्त विद्यालयलाई पहिलो प्राथामिकता दिइनेछ । ती विद्यालयमा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ हुने र प्राविधिक शिक्षाको पनि पढाइ हुनेछ ।
उनका अनुसार महानगरले हरेक वर्ष नमुना विद्यालय थप्दै जानेछ । थपिएका त्यस्ता विद्यालयले पनि पहिलो चरणमा प्रारम्भिक अनुदान पचास/पचास लाख रुपैयाँ पाउने छन् ।
नगरभित्र ५५ वटा सामुदायिक विद्यालयहरू छन् । ती सबै विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने महानगरपालिकाले तयारीगरेको छ ।
हुने/खानेका छोराछोरी गुणस्तरीय निजी विद्यालयमा पढने र हुँदा खानेका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने विराटनगरको समस्या छ ।
महानगर प्रमुख पराजुलीले भने, ‘हुने खाने र हुँदा खानेबीचको खाडल पुर्नका लागि
नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सुधारमा महानगरपालिकाले अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।’
अबको पाँच वर्षभित्रमा महानगरभित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट र प्राविधिक विषयकोपढाइ हुन्छ । उनले भने महानगरको प्रमुख उद्देश्य नगरभित्रका सामुदायिक विद्यालयको शैक्षीक गुणस्तरमा सुधार ल्याउने रहनेछ ।
यसअघि नगरका केही सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेर शैक्षिक गुणस्तरमा सुधार प्रारम्भ गरेका छन् ।
महानगरभित्रको पोखरीया माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट सफल अध्यापन सुरु गरेपछि यहाँका अन्य सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका हुन् । अहिले पोखरीयासहित आदर्श, राधाकृष्ण, सत्यनारायण माविले कक्षा १० सम्म र जनपथ माविले कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन् ।
त्यसैगरी, जनता माविले पनि अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने तयारी गरे पनि विद्यार्थी भर्ना नभएपछि कार्यक्रम स्थगित गरेको छ ।
महानगरभित्रका सबै सामुदायिक विद्यालयमाअंग्रेजी माध्यमबाट पढाइ सुरु गराइने छ । महानगर प्रमुख पराजुलीका अनुसार अंग्रेजी माध्यमबाट पढाइ भइरहेका र बाँकी रहेकालाई पनि अंग्रेजी माध्यममा लगेर त्यसमध्येका चार विद्यालयलाई पहिलो चरणमा नमुना विद्यालयका रूपमाविकसित गर्ने महानगरको तयारी हो ।
महानगरभित्र गायत्री संस्कृत विद्यालयसहित ५५ वटा सामुदायिक र १९ वटा धार्मिक विद्यालय छन् । महानगरका शिक्षा विभाग प्रमुख रुद्र दुलालले भने ती विद्यालयमा राज्यको वार्षिक करिब दुई अर्ब रुपैयाँ लगानी हुँदै आएको छ । दुलालले भने ती सबै विद्यालय अब महानगरपालिकाको मातहतमा सञ्चालन हुनेछन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!