नयाँपत्रिका

काठमाडौं, ६ माघ। संविधानको धारा १८३ अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । निर्वाचन आयोगले ३ माघमा अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अनुसार आइतबार प्रदेश सभा सदस्यको शपथग्रहण मात्रै हुनेछ ।

Advertisement

अधिवेशन कहिले बोलाउने भन्नेबारे टुंगो नलागेको उनले जानकारी दिए । ‘प्रदेश सदस्यले शपथ लिएपछि राष्ट्रिय सभा सदस्य निर्वाचको कार्यतालिका प्रभावित हुँदैन, त्यसैले प्रदेशमा छलफल गरेर २३ माघअघि नै पहिलो अधिवेशन आह्वान गर्छौैँ,’ कायस्थले नयाँ पत्रिकासँग भने ।

संविधानको धारा १६८ अनुसार प्रदेश सभा सदस्य निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री निर्वाचित हुनुपर्नेछ । ३ माघमा निर्वाचन परिणाम सार्वजनिक भएकाले बढीमा ३ फागुनभित्र मुख्यमन्त्री निर्वाचित भइसक्नुपर्नेछ । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुने कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मुख्यमन्त्री निर्वाचित हुनेछन् । यसरी हेर्दा प्रतिनिधिसभाबाट केन्द्रीय सरकार बन्नुभन्दा पहिला नै प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!