काठमाडौं, ५ माघ।जनता पोष्ट दैनिकले बाल यौनदुराचारी विदेशी नागरिकका लागि हिजोआज नेपाल ‘स्वर्ग’ बन्दै गएको समाचार छापेको छ । बाल यौन दुराचारीको सूचीामा युवजा मात्र होइनन्, बाजे उमेरका विदेशी नागरिक पनि छन् ।

अझ ४० काटेकाहरु यो कुलतमा बढी लागेको तथ्यांकले देखाउँछ । विदेशमा पारपाचुके वा अन्य कारणले एक्लो जीवन बिताउन बाध्य भएकाहरु नै यौनदुराचारीका रुपमा नेपाल भित्रिएका देखिन्छन् ।

Advertisement

केन्द्रीय बालकल्याण समितिको अध्ययनअनुसार ८७ प्रतिशत यौनदुराचार आफन्त र छिमेकीबाट हुने गरेका छन् भने बाँकी विदेशीबाट हुने गरेका छन् । शैक्षिक सामाग्री, कपडा, खेलौनालगायतका सामान वितरण गर्दा झ्याम्मिने गरिब र अशिक्षित बालबालिका दुराचारको बढी शिकार हुने गरेका समाचारमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!