अनलाइनखबर

काठमाडौं, ४ माघ।कान्तिपुर दैनिकले प्रदेश प्रमुखको तलब १ लाख २२ हजार रुपैयाँ रहेको समाचार छापेको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखलाई पारिश्रमिक र सुविधासहित मासिक १ लाख २२ हजार रुपैयाँ दिइने कानुनले तोकेको समाचारमा उल्लेख छ ।

Advertisement

एउटै व्यक्ति एकपटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नपाउने व्यवस्था पनि छ । संविधानअनुसार प्रदेश प्रमुख हुन संघीय संसदको सदस्य हुन योग्य, ३५ वर्ष पूरा भएको र कानुनले अयोग्य नभएको हुनुपर्छ ।

प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट गर्नेछन् । त्यस्तो सम्मति मुख्यमन्त्रीमार्फत् पेस हुनेछ ।

पूर्वराष्ट्रपति यादवको सेवासुविधा थप

नागरिक दैनिकले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा उपलब्ध गराउने सरकारले निर्णय गरेको समाचार छापेको छ । गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपतिलाई थप दुईवटा सवारीसाधनलगायतको सुविधा बढाउने निर्णय गरेको हो ।

२०७४ मंसिर २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सवारीचालक र इन्धनसहितको २ वटा सवारीसाधन, पत्रपत्रिकाबापत मासिक तीन हजार रुपैयाँ र खानेपानी, टेलिफोन-इन्टरनेट र बिजुलीको बिलबमोजिमको रकम डा. यादवले पाउने समाचारमा उल्लेख छ ।

एक वर्षअघि सरकारले पूर्वराष्ट्रपतिलाई मासिकवृत्ति ५० हजार रुपैयाँ, घरभाडा मासिक २ लाख रुपैयाँसम्म, २ वटा सवारीसाधन, एकजना सवारीचालक, २ सय ७ लिटर मासिक इन्धन, २० लिटर मासिक मोबिल, एकजना उपसचिव तहको स्वकीय सचिव, एकजना सहयोगीलगायतको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यसका अतिरिक्त गत मंसिर २५ गते सरकारले थप सुविधा उपलब्ध गराउने निर्णय लिएको हो । मन्त्रिपरिषदले निर्णय गरेअनुसार गृहले थप २ वटा गाडी उपलब्ध गराएमा पूर्वराष्ट्रपतिसँग ४ वटा सरकारी सवारीसाधन हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!