काठमाडौं , ३० पुस । त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले सरकारले डिन बनाउन व्यक्ति तोकेर दिएको निर्देशन आफूहरूले नमान्ने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

सरकार र केसीबीच भएको सहमतिको दोस्रो बुँदामा आइओएमको डिनमा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिन सरकारले त्रिविलाई निर्देशन दिने उल्लेख छ ।

सहमतिलगत्तै उपकुलपति खनियाँले सरकारले दिएको नीतिगत निर्देशन आफूहरू मान्न तयार भएको, तर व्यक्तिबारे दिएको निर्देशन मान्न बाध्यकारी नभएको बताए ।

‘आइओएममा चार–चारजना सहायक डिन छन्, अहिले नै अग्रवालले डिन पद सम्हाल्नुपर्ने कारण थिएन,’ खनियाँले नयाँ पत्रिकासँग भने, ‘सर्वोच्च अदालतले अग्रवाललाई डिन मान्न भनेमा मानौँला, होइन भने कानुनी राय लिएर त्रिविले आफ्नो निर्णय गर्नेछ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!