काठमाडौं, २९ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिएकी छिन् ।
शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् ।

Advertisement

राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता  भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए।

डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बने ।

अर्की बुहारी सिर्जना त्रिपाठी भने देखिइनन् ।

दिउँसो म्याग्दीको कार्यक्रम सहभागी भएर साँझ प्रचण्ड काठमाडौं फर्केका थिए । त्यसलगत्तै उनी परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए।

बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो।

राष्ट्रपतिसँग डिनरवारेको तस्वीर प्रचण्डका कान्छा ज्वाई जीवनले फेसवुमा राखेका थिए ।

पछिल्लो राजनीति गतिरोध फुकाउन प्रचण्डले पटक पटक राष्ट्रपति भण्डारीसँग भेट गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!