काठमाडौं, २९ पुस। निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छाड्ने सम्भावना देखिएको समाचार आज नेपाल समाचारपत्र  ले छापेको छ।

Advertisement

सरकारले स्वेच्छिक अवकाशको योजना ल्याएपछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए।

निजामती कर्मचारीहरूले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आँकलन गरिएको छ। सरकारी सेवामा ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवाअवधि पार गरेका निजामती कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था रहेको समाचारमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!