काठमाडौं, २८ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले सात वटै प्रदेश प्रमुखका लागि सम्भावित व्यक्तिको नाम तय गर्ने आन्तरिक गृह कार्य थालेको समाचारलाई नागरिक दैनिकले भित्री पृष्ठमा लेखेको छ ।

Advertisement

शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा सातवटै प्रदेशमा प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतको भनाइलाई उद्धृत गर्दै नागरिक दैनिकले समाचार लेखेको छ ।

समाचार अनुसार शुक्रबार बिहानसम्म सातवटै प्रदेश प्रमुखको सूची तय भएमा सोहीदिन बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको छ ।

‘शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखको मनोनयन हुने सभ्भावना छ’, सञ्चार मन्त्री बस्नेतले नागरिकसँग भनेका छन् ।

तर, नयाँ पत्रिका दैनिकले भने प्रदेश प्रमुख तोक्न सरकारले ढिलासुस्ती गरेको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएको समाचारको सार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!