काठमाडौं,२७ पुस  । राजधानीबाट आज प्रकाशित भएका सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी रिहा भएको विषयलाई मुख्य समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले केसी पक्राउ प्रकरणपछि स्वयं प्रधानन्यायाधीश नै छानबिनको घेरमा तानिएको लेखेका छन् ।

Advertisement

केसी गत सोमबार अदालतलको अवहेलना गरेको आरोपमा पक्राउ परेका थिए । त्यसको ३ दिनपछि रिहा भएका केसीले पुनः अस्पतालमा अनसन सुरु गरेका छन् ।

आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निकाल्न कठिन हुने देखिएको छ । यो विषयलाई आजको आजको नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक भएको विषयलाई पनि आजका पत्रिकाहरुले लेखेका छन् ।

यसका अतिरिक्त आउँदो जेठमा मेलम्ची काठमाडौं आइपुग्ने, भूकम्पपीडितले दोस्रो किस्ता बुझ्ने म्याद नथपिनेलगायत खबर पनि पत्रपत्रिकाहरुले छापेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!