काठमाडौं,२१ पुस। यो वर्ष कक्षा ८ मा परीक्षा दिएका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका छन्। महानगरपालिकाका करिब ७ सय सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका हुन्।

Advertisement

स्थानीय तहले यो वर्षदेखि आधारभूत तहको कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालेपछि सो व्यवस्था गर्न लागेको हो। काठमाडौं महानगरपालिका शिक्षा विभागले यो वर्षदेखि अनलाइनबाट परीक्षाफल हेर्ने व्यवस्था गर्न लागेको जनाएको छ।

कामपालाई हाइटेक बनाउने योजनाअनुसार ७ सय ४४ वटा स्थानीय निकायमध्ये महानगरपालिकाले पहिलोपटक डिजिटलाइज प्रविधि अपनाएको हो।

कामपाका मेयर विद्यासुन्दर शाक्यले हिजो केएमसी डीईपीटी डट अफ ईडीयू वेबसाइट उद्घाटन गरेर विद्यालयको सम्पूर्ण विवरण अनलाइनमार्फत हेर्न सकिने जनाएको हो।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!