बाजुरा, १५ पुस । बूढीनन्दा नगरपालिका ८ की ३६ बर्षीया डोमा गुरुङ (भोटे)ले हालसम्म ११ सन्तान जन्माइन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा खबर छ ।

Advertisement

यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन् । ती मध्ये ८ सन्तान बाटोमै बिते । अहिले ३ जना मात्र जिवित छन् ।

लेकाली भेगमाबसोबास गर्ने भोटे जनजाति चिसो मौसम सुरु भएपछि कात्तिकबाट औलतिर झर्न थाल्छन् ।

सिंगै परिवार भेडाच्यांग्रासहित घर छाड्ने भएकाले कतिपय गर्भवती बसाइँसराइका क्रममा बाटोमै बच्चा जन्माउँछन् ।

नवजात शिशु खोपलगायतका स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्दा यो जिल्लामा शिशु मृत्युदर बढ्दै गएको समाचारमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!