राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ ।

Advertisement

यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो ।

प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा लवज, भेषभूषा र पहिरनका आधारमा मात्रै मानिसलाई अपराधको सम्भावित कसुरदारका रुपमा व्यवहार गर्न नहुने उल्लेख छ ।

‘जुँगा, कपाल पालेका वा मुन्द्रा लगाएका आधारमा कुनै व्यक्तिलाई पक्राउ र दुव्र्यवहार गर्नु हुँदैन ।’ फैसलाको पूर्ण पाठमा भनिएको छ । आजको कान्तिपुरमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!