पुष्प ढुंगाना/नयाँ पत्रिका

चरिकोट, ४ पुस । खाना र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखाका म्यादी प्रहरी आन्दोलित भएका छन् । प्रहरी मेसमा तोकिएको दरभन्दा खानाको शुल्क बढी लिएको, पारिश्रमिकमा समेत विभेद गरेको भन्दै दोलखामा कार्यरत सात सय ५५ म्यादी प्रहरी आन्दोलनमा उत्रिएका हुन् । निर्वाचन सुरक्षाका लागि खटिए पनि आफूहरूलाई मजदुरसरह काम लगाइएको आरोप म्यादी प्रहरीको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयपरिसर चरिकोटमा आन्दोलन गरिरहेका म्यादीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि म्यादी प्रहरी प्रतिकारमा उत्रिएका थिए । झडपमा म्यादी प्रहरी संगीता नेपालीसहित सातजना घाइते भएका छन् । घाइते नेपाली उपचारका लागि अस्पताल भर्ना भएकी छिन् ।

Advertisement

खाना शुल्क बढी लिएको आरोप
म्यादी प्रहरीले आफ्नो पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटेको आरोप लगाएका छन् । उनीहरूले सरकारले तोकेको रकम उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । प्रहरीको मेसले प्रहरी जवानहरूबाट प्रतिछाक ६० रुपैयाँ काटेको, तर आफूहरूबाट भने ९५ रुपैयाँ काटेको गुनासो म्यादी प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले सामान्य कुरालाई म्यादी प्रहरीले ठूलो बनाएको आरोप लगाए । उनले वार्ता र संवादबाट म्यादी प्रहरीका माग पूरा गर्न आफू सक्रिय रहेको प्रतिक्रिया दिए । यो विषय तुरुन्तै टुंगिने उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!