निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

Advertisement

गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको खबर आजको काठमाडौं पोस्टमा छ ।

सो पार्टीका केन्द्रीय सदस्य सरला रेग्मी र मनिक लामा लाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । साथै देशका विभिन्न स्थानबाट चार सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!