
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान करिब ७ः१८ बजे भूकम्पको धक्का महसुस भएको हो ।
मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम लगायत जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्र र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको आधिकारिक विवरण उपलब्ध गराएको छैन ।
यता, अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसले नेपालको पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको उल्लेख गरेको छ ।


संगालोखबर 



















