संगालोखबर


विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा गुडिरहेको कारमा एक्कासि आगलागी भएको छ । आज बिहान करिब १०ः३५ बजे बा ११ च २५९८ नम्बरको कारमा आगलागी भएको हो ।

‘इटहरीको सेन्ट्ररप्लाजा अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टाटा इन्डिका कारमा आगलागी भएको हो’, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले संगालोखबरसँग भने, ‘पेट्रोलबाट चल्ने कार हो । करिब १०ः५० बजे आगो नियन्त्रणमा आयो ।’

Advertisement

इटहरी उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । कारमा चालकसहित ५ जना मानिस सवार थिए । कारमा सवार सबै जना सकुशल रहेका डीएसपी हमालले बताए ।

प्रहरीका अनुसार गाडीलाई पनि सडकबाट हटाइसकिएको छ । गाडीको वाइरिङ सटेज भएको आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट कार पूर्णरूपमा क्षति भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!