
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक महिनाको अवधिमा ६४ हजार बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा ६४ हजार १०६ जना तीर्थयात्री पाथीभरा पुगेका हुन् ।
गतवर्षको कात्तिक महिनामा ४२ हजार २६१ जना पुगेका थिए । त्यसको तुलनामा यसवर्षको कात्तिकमा २१ हजार ८४५ जना तीर्थयात्री बढेका छन् ।
समितिका अनुसार गत शनिबार कात्तिक महिनाकै सबैभन्दा बढी ११ हजार २७२ तीर्थयात्री मन्दिर पुगेका थिए । यस्तै कात्तिक १७ गते १० हजार ६१६ जना तीर्थयात्री पाथीभरा पुगेका थिए ।

संगालोखबर 



















