संगालोखबर

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको छ । मन्त्रिपरिषद्ले महानिरीक्षक कार्कीलाई जिम्मेवारी मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले एआईजी मनोज केसीलाई आइजीपी बनाउने निर्णय पनि गरेको हो । पछिल्ला विवादास्पद घटनामा आइजीपी कार्कीको नाम पनि जोडिएको थियो । उनलाई बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि प्रधानमन्त्री कार्यालय मातहत सारिएको बताइएको छ ।

जेन्जी आन्दोलनका बेला काठमाडौँ उपत्यकाको कमान्ड सम्हालेका कार्कीलाई सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले २०८२ कात्तिक २४ गते आइजीपी नियुक्त गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!