
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य दुई लाख ८२ हजार तीन सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला तीन हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
























