संगालोखबर


विराटनगर । विराटनगरमा आजबाट ‘विराट ट्रेड फेयर’ सुरु हुँदै छ । विराटनगरको जैन भवनमा सुरु हुन लागेको मेलाको आज दिउँसो २ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गर्नेछन् ।

विराट व्यापार संघले ‘चाड पर्वको उत्सव, व्यापारको महोत्सव’ भन्ने मूल भावनाका साथ मेला आयोजना गरेको हो ।

स्थानीय तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र चाडपर्वको समयमा उपभोक्ता तथा व्यवसायीलाई एउटै ठाउँमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए ।

मेलामा ढाका, अल्लो लगायतका स्वदेशी तथा स्थानीय उत्पादनका स्टलहरू रहने छन् । यस्तै दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने छ ।

मेलामा आउने हजारौँ दर्शक तथा उपभोक्ताको आवागमनले विराटनगरका पसल, होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायको समेत कारोबार बढ्ने र समग्र बजार चलायमान हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक श्यामलाल पौडेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!