
धनकुटा । धनकुटाको भेडेटारमा दुर्घटना भएको स्कार्पियो गाडीभित्र गाँजा फेला परेको छ । भेडेटारको स्काइवाक नजिक दुर्घटना भएको बा १३ च ६२७५ नम्बरको स्कार्पियो गाडीभित्र ३४१ किलो गाँजा भेटिएको हो ।
ढुंगेबाट भेडेटारतर्फ आउँदै गरेको सो स्कार्पियो मङ्गलबार राती करिब १२ बजे सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले गाडीभित्र हेर्दा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
दुर्घटनास्थलबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा प्रहरीले विराटनगर ९ घर भई धरान १० बस्दै आएका ३९ वर्षीय अमित विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 




















