संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका-२ का ३३ वर्षीय योगेन मगर पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई विराटनगर-१६ दरैयामा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनको साथबाट १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!